बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट

मंगलबार, मंसिर ६ २०७९

काठमाडौँ – जुम्लामा राट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मत अन्तरले अग्रता कायम राखेका छन् । ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा गाैतम (कुँवर)ले १ हजार ४४९ मत पाएकी छन् । ज्ञानेन्द्र गोमाभन्दा २ हजार ६४२ मतअन्तरले अगाडि छन् । पहिलो पटक संसदीय निर्वाचन लडेका शाही राप्रपाका प्रवक्तासमेत हुन् ।

नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ७९८ र नेपाल मजदुर किसान पार्टीका डिल्ली प्रसाद काफ्लेले १४९ मत पाएका छन् ।

आइतबार सम्पन्न प्रपतपनपधसभा र प्रदेश सभा निर्वाचनमा जुम्लाका ६८ हजार मतदातामध्ये करिब ६५ प्रतिशत खसेको थियो ।