बुटवल । रुपन्देही क्षेत्र नम्बर १ मा एमालेले अग्रता कायमै राखेको छ ।
बिहान साढे ७ बजेसम्म ७ हजार ७१५ मतगणना हुँदा एमालेका उम्मेदवार छविलाल विश्वकर्माले १७३८ मत ल्याएका छन् ।
जारी मत गणनाको पछिल्लो परिणाम अनुसार दोस्रो स्थानमा भने नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरी रहेका छन् । उनले १५९९ मत ल्याएका छन् ।
सत्तारुढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसाल १४०१ मत ल्याएर तेस्रो नम्बरमा छन् । यस्तै जनमत पार्टीका कैलाश गुरुङले ११२६ मत पाएका छन् ।