काठमाडौं । हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङबाट नेपाली कांग्रेसले जितको खाता खोलेको छ ।
नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचन रहे ।
गौचन ३ हजार ९९२ मतका साथ विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका तुलाचनले ३ हजार ७८ मत ल्याए ।