काठमाडौं । आइतबार भएको आम निर्वाचनमा निर्वाचनको मतगणना सोमबार देशभरि नै हुने भएको छ।
देशभरीका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार ४ मंसिरमा स्थगित भएको ठाउँबाहेक सोमवारवाट मत गणनाको कार्य हुदैँछ ।
आइतवार बिहानैवाटै केही ठाउँमा मत गणना सुरू भइसकेको छ भने केही ठाउँमा अबको केही समयपछि मतगणना सुरू गर्ने तयारी भइरहेको छ।
काठमाडौं उपत्यका भित्र काठमाडौं– ७, काठमाडौं १, भक्तपुर–२, ललितपुर १, २ र ३ को मतगणना सुरू भइसकेको छ भने काठमाडौंका बाँकी ८ वटा क्षेत्रको मतगणना पनि अहिले ८ बजेदेखि सुरू हुँदै छ।
कास्की–२मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । जारी मत गणना अनुसार ललितपुरका तीन वटै निर्वाचन क्षेत्रमा एमाले उम्मेदवारले अग्रता लिइरहेका छन् । प्रारम्भिक मतगणनामा स्वतन्त्र पार्टीको घन्टी आक्रामक रुपमा देखिएको छ ।
उता, कास्की–२, मुस्ताङलगायतमा मतगणना सुरु भएको छ ।
यसैगरी धनुषा-३ मा पनि मतगणना सुरु भएको छ ।
प्राप्त मतपरिणाम अनुसार यहाँ नेकपा एमालेले अग्रता बढाएको छ ।
यहाँको ६ सय मतगणना हुँदा एमालेको उम्मेदवार जुली कुमारी महतो ९महासेठ० ले २ सय ५७ मत प्राप्त गरेकी छन् ।
यसैगरी, यहाँ जनमत पार्टीका उम्मेदवार शम्भु नाथ साहले १५५ मत प्राप्त गर्दा सत्ता गठबन्धनको लोकतान्त्रिक समाजवादी पार्टीका अनिल कुमार झाले १ सय ३० मत प्राप्त गरेका छन् ।