बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा एमालेलाई अग्रता

सोमबार, मंसिर ५ २०७९

ललितपुर । ललितपुरका तीनवटै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ ।

जारी मत गणनामा ललितपुर–१ मा नेकपा एमालेका नवराज सिलवालले सुरुआती अग्रता लिएका छन्  भने  नेपाली कांग्रेसका उदय शमशेर राणाले सिलवाललाई पछ्याइरहेका छन् ।

एमालेका सिलवालले ६६५ मत पाउँदा कांग्रेसका राणाले ४०१ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

उता, ललितपुर–२ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन भने लौरो चिन्हले ८९७ र  कलमले ७७७ मत प्राप्त गरेका छन् ।

यसैगरी  लतिलपुर–३  मा अमृत खडकाले  ४९७ र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा‌‌. तोसिमा कार्कीले २८६ मत प्राप्त गरेका छन् । यसअघि जितेकी माओवादी केन्द्रकी पम्फा भुषालले १०३ मत मात्रै प्राप्त गरेकी छिन् ।