बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बाजुरामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, मतदान स्थगित

आइतबार, मंसिर ४ २०७९

बाजुरा । बाजुरामा झडप भएको छ। प्रहरीका अनुसार बुढिनन्द नगरपालिका वडा नम्बर ५ नन्देश्वरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो।

दुई पार्टीका कार्यकर्ताबीच झडप भएपछि मतदान स्थगित भएको बाजुरा प्रहरीले बताएको छ।

बिहान ९ बजेतिर झडप भएको बाजुरा प्रहरीले जनाएको छ।

जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि राजन पाण्डे र टेकबहादुर बढुवाल स्वतन्त्र, एमालेबाट कर्णबहादुर थापा, नेपाली कांग्रेसबाट बद्री प्रसाद पाण्डे, राप्रपाबाट जंगकुमार गिरी र जनता समाजवादी पार्टीबाट रामबहादुर शाही उम्मेदवार छन्।