ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङबाट मतदान गरेका छन् ।
ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका उनले मैवाखोला गाउँपालिका-३ साघुमा मतदान गरेका हुन् ।
मतदान पश्चात उनले नागरिकको सार्बभौमसत्ताको प्रयोग गर्ने माध्यम निर्वाचन जसले ब्यबस्थाका कमजोरीलाई हटाउँदै लोकतन्त्रलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
ताप्लेजुङ जिल्ला मैवाखोला गाउँपालिका स्थित नारायणी माबी मतदान केन्द्रमा आज पहिलो मतदान गर्दा गर्वको अनुभुती भएको उनले उल्लेख गरेका छन् ।
ताप्लेजुङबाट भट्टराईसँग माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री ‘पराग’ मुख्य प्रतिस्पर्धी हुन् ।