बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अष्ट्रेलियन मोडल सलमानसंग नाच्दै !

बिहिबार, चैत्र ३१ २०७३

एजेन्सी, ३१ चैत ।

अष्ट्रेलियन मोडल रोञ्जा फोर्शरले पनि अब सलमानसंग रोमान्स गर्ने भएकी छन् । भर्खरै ‘प्लेब्वाय’ म्यागेजिनका लागि ‘न्यूड’ फोटो खिचाएकी २१ वर्षीया रोञ्जा सलमान खान अभिनित फिल्म ‘टाइगर जिन्दा है’ मार्फत बलिउडमा आएकी हुन् । 

अलि अब्बास वफरले निर्देशन गरेको यो फिल्म ‘एक था टाइगर’ को सिक्वेल हो । यो फिल्ममा सलमानले मुख्यरूपमा क्याट्रिना कैफसंग रोमान्स गर्दैछन् । रोञ्जाको पनि यही फिल्म बलिउड डेब्यु हो । 

रोञ्जा अष्ट्रेलियाकी चर्चित मोडल र नायिका हुन । विभिन्न टिभि शो मा काम गरेको अनुभव संगालीसकेकी रोञ्जाको बलिउड यात्रा सुखद् नै रहने अपेक्षा गरिएको छ ।