मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

पश्चिमी वायुको प्रभाव : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

आइतबार, कार्तिक १३ २०७९

काठमाडौं । आज तीन वटा प्रदेशका पहाडी भूभागका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।

सोमबार पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ ।  प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मुलुकमा पश्चिमी वायुको प्रभाव रहेको छ ।