मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

गोदावरी फूलको प्रदर्शनीेको चौथो दिन सम्म ९९ लाख बढीको कारोबार

मेला कार्तिक १८ गतेसम्म चल्ने

मंगलबार, कार्तिक १७ २०८३

लफ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेलमा जारी १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको चौथो दिन सम्म ९९ लाख बढीको कारोबार भएको छ । कार्तिक १२ गतेबाट सुरु भएको यो मेलाको चौथो दिन सम्म ३१ हजार बढीले अबलोकन गरेका थिए भने ९९ लाख ९०हजारको कारोबा भएको थियो ।

प्रदर्शनीको प्रारम्भिक दिन अपेक्षाभन्दा राम्रो कारोबार भए पनि मौसममा आएको प्रतिकूलताका कारण शुक्रबार र शनिबार भएको अविरल वर्षाले प्रदर्शनी प्रभावित भएको थियो । गातारको वर्षाका कारण मेला स्थल बन्द गर्नुपर्ने अवस्था सिर्जना भएपछि पुष्पप्रेमी तथा ग्राहकहरूले प्रदर्शनीको अवलोकन गर्न र फूल तथा पुष्पजन्य सामग्रीको खरिद–बिक्रीमा सहभागी हुन असुविधा भोग्नुपरेको थियो ।

अबलोकनकर्ताहरु र ब्यबशायीहरुको अनुरोधमा मेला अबधी दुइ दिन थप गरि कार्तिक १८ गते सम्म थप गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । आज मेलाको पाँचौ दिन नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष भवनी राणाले पनि मेला अवलोकन गर्नुका साथै बिभिन्न प्रकारका फूल बिरुवाहरु खरिद गरेकी थिईन ।

प्रदर्शनीको अवधि थप भएसँगै अब इच्छुक सर्वसाधारणलाई कार्तिक १८ गते बुधबारसम्म जावलाखेलस्थित प्रदर्शनी स्थलमा पुगेर विभिन्न प्रजातिका गोदावरी फूल तथा अन्य पुष्पजन्य सामग्रीको अवलोकन र खरिद गर्न एशोसिएसन नेपालले अनुरोध गरेको छ ।