मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

पश्चिमी वायुको प्रभाव : आज केही भू-भागमा आंशिक बदली र हल्का वर्षाको सम्भावना

सोमबार, कार्तिक ७ २०७९

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

सोमबार प्रदेश १ र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहेको छ।

दिउँसो प्रदेश १ र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र मधेश प्रदेशका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १ र मधेश प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।