मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बस्दै

मंगलबार, कार्तिक १७ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक अपराह्न ४ बजे बस्नेछ।

करिब दुई सातापछि बस्न लागेको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुनेछ।

बैठकमा सरकारका नियमित प्रशासनिक तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।