बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेपाल एसबिआई बैैंक र भन्सार विभागबिच सम्झौंता

शुक्रबार, असोज २८ २०७९

काठमाडौँ – नेपाल एसबिआई बैैंक र भन्सार बिभागबिच सम्झौंता भएको छ । बैंकका अनुसार भन्सार कारोबारलाई व्यवस्थीत बनाउन कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको परिसरमा बैंक एक्स्टेन्सन काउन्टर खोल्ने सम्झौता भएको हो । 

सम्झौंतामा भन्सार बिभागका महानिर्देशक कमल प्रसाद भट्टराई र नेपाल एसबिआई बैंककोतर्फबाट डेपुटी सिईओ रिजवन आलमले हस्ताक्षर गरेका छन् । सम्झौंता कार्यक्रममा दुवै संस्थाका वरिष्ठ अधिकारीहरुको उपस्थितिमा रहेको थियो ।

बैंकले देशका विभिन्न स्थानमा ९१ शाखा, २१ एक्टेन्सन काउन्टर, सात वटा प्रादेशिक कार्यालय, १० शाखा रहित बैंकिङ तथा एउटा कर्पोरेट अफिसका साथै एक सय ३० एटिएम मार्फत बित्तीय सेवा उपलब्ध गराउँदैं आएको छ ।