नेप्से पुन घटेको छ । अघिल्लो दिन चार दशमलव ६४ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार पनि सात दशमलव ७९ अंकले घटेर २६ सय ८८ दशमलव ८८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७८ अंकले घटेर चार सय ७० अंकमा पुगेको छ । आज तीन सय ४३ वटा कम्पनीहरुको ४८ हजार ७२ पटकको कारोबारमा ९७ लाख ७७ हजार पाँच सय १२ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम चार अर्ब दुई करोड ९३ लाख ९० हजार तीन सय ५१ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा अन्य र सामुहिक लगानी कोष समुहको सुचक बढेका छन् भने बाँकी समुहहरुको सुचक भने घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दशमलव १३ अंकले घटेर १४ सय ८५ दशमलव ४८ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १४ दशमलव ६४ अंकले घटेर तीन हजार सात सय ३५ दशमलव शुन्य नौं अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि २३ दशमलव ९० अंकले घटेर १२ हजार ६९ दशमलव ९८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ६२ दशमलव ५० अंकले घटेर १० हजार सात सय ८५ दशमलव ९७ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एभरेष्ट कलर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गरिमा समृद्धि योजना परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन पावर पार्टनर लिमिटेड पहिलो स्थानमा परेको छ ।