बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

प्रभु बैंककी तत्कालीन व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

बुधबार, साउन १३ २०८३

प्रभु बैंकको तत्कालीन व्यवसाय अधिकृत रश्मि पन्त पक्राउ परेकीछन् । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार पन्तलाई बुधबार काठमाडौंबाट पक्राउ गरिएको हो । उनलाई बैंकिङ कसुर अन्तर्गतको अनुसन्धानका क्रममा पक्राउ गरिएको सिआईबीले जानकारी दिएको छ ।

बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा गत मंसिरमा सीआईबीले तत्कालीन प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मणीराम पोखरेलसहित बैंकका केही उच्च अधिकारीलाई नियन्त्रणमा लिएको थियो ।

सोही घटना पश्चात सम्र्पक बिहिन भएकी पन्तलाई बुधबार काठमाडौंबाट नियन्त्रणमा लिएको सिआईबीको भनाई छ । उनीमाथि थप अनुसन्धान गर्न म्याद थप गर्ने तयारी भएको सिआईबीले जानकारी दिएको छ ।