बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषध सहित पक्राउ   

बिहिबार, असोज २७ २०७९

काठमाडौं, दाङको गडवा गाउँपालिका–६ गडवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो धुलो पदार्थ करिब ३० ग्राम र  गाँजा करिब ५० ग्राम सहित लमही नगरपालिका–५ अनर्वा बस्ने १८ वर्षीय किशोर लगायत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । कोइलाबासबाट लमहीतर्फ जाँदै गरेको भे.१ ह १६४० नम्बरको अटोलाई ईलाका प्रहरी कार्यालय गडवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पर्साको वीरगंज महानगरपालिका–८ रेल्वे रोडबाट अवैध लागूऔषध चरेस जस्तो देखिने वस्तु ९ केजी ५ सय ग्राम सहित सोही महानगरपालिका–१६ बस्ने १९ वर्षीय करण राय लगायत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त वस्तु सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
फोटो राख्ने