बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

 चार वर्षीय बालकलाई काकाले रडले हिर्काएरै मारे 

बिहिबार, असोज १३ २०७९

जनकपुरधाम । धनुषामा एक जना काकाले फलामको रड प्रहारले हिर्काउँदा चार वर्षीय बालकको ज्यान गएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा बुधबार दिउँसो ३ बजे २८ वर्षका रवि पासवानले रडले हिर्काउँदा उनका चार वर्षीय भतिज अनुप पासवानको मृत्यु भएको हो ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार रड प्रहारबाट बालक गम्भीर घाइते भएका थिए । स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

प्रहरीले रविलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका हिरासतमा राखेको छ ।