शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

अवैध लागूऔषध सहित पक्राउ  

मंगलबार, असोज ४ २०७९

काठमाडौं महानगरपालिका–६ भृकुटीचोकबाट अवैध लागूऔषध ब्राउन सुगर १ ग्राम सहित टोखा नगरपालिका–३ बस्ने नवलपरासी घर भएका ३३ वर्षीय रेबन कालामगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

झापाको मेचीनगर नगरपालिका–६ मेचीपुल छेउबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ ३० ग्राम सहित दमक नगरपालिका–१ सुनौलो टोल बस्ने २१ वर्षीय मनोज कुमाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडाबाट अवैध लागूऔषध  खैरो हेरोईनजस्तो देखिने पदार्थ करिब २१ ग्राम ९९ मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली गोदवरी नगरपालिका–५ गेटा छबडेहा बस्ने २९ वर्षीय सागर रावत र ३० वर्षीय मदन बहादुर चन्द रहेका छन् । प्रहरी चौकी टेडुवाबाट खटिएको प्रहरीले से.७ प ४४११ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो । 

कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटस्थित नेपाल–भारत सीमाक्षेत्रबाट अवैध लागूऔषध खैरो हिरोईनजस्तो पदार्थ करिब ७ सय ५० मिलिग्राम सहित जोशिपुर गाउँपालिका–३ लक्कड बस्ने २४ वर्षीय रावल कुमार कठरियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय भजनी र सशस्त्र प्रहरी बल बिओपी कुशुमघाटबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ मज्गैबाट अवैध लागूऔषध ब्राउन सुगर करिब ३ सय ९० मिलिग्राम र नगद ५८ हजार ७० रुपैयाँ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका–१२ बस्ने २६ वर्षीय सुदन गिरी र सोही उपमहानगरपालिका–१० बस्ने ३९ वर्षीय बलदेव शाह रहेका छन् । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु.८९ प २०२१ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।