शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

अवधि नै नपुगी २ जिल्लाका प्रहरी प्रमुख तानिए

मंगलबार, असोज ४ २०७९

काठमाडौँ – चुनावको मुखमा प्रहरी प्रधान कार्यालयले अवधि नै नपुगी दुई जिल्लाका प्रहरी प्रमुख काठमाडौं उपत्यकामै तानिएका छन् । सत्तारुढ दलहरूलाई सहयोग नगरेको आरोपमा गुल्मीमा सुदुरपश्चिम गणमा कार्यरत एसपी अर्जुन रानाभाटलाई तथा प्यूठानमा डिएसपी सुवास खड्काको काज सरुवा गरिएको स्रोतले बताएको छ ।

गुल्मीका एसपी भिम दाहाललाई सात महिनामै हटाइएको छ । उनको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा सरुवा भएको छ । त्यस्तै, प्युठानका डिएसपी सत्यनारायण थापालाई १० महिनामै हटाई काठमाडौं उपत्यकाका ट्राफिक प्रहरी कार्यालयमा खटाइएको छ ।