बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

हेलम्बुको खोलामा हिजोदेखि बेपत्ता शिक्षककोे हेलिकोप्टरबाट जीवितै उद्धार 

आइतबार, असोज २ २०७९

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ को  खोलामा चिप्लिएर बेपत्ता भएका शिक्षक केशव शिवाकोटीलाई आइतबार जीवितै उद्धार गरिएको छ ।

हेलीकप्टर सहितको नेपाली सेनाको विशेष टोलीबाट उनको सकुशल उद्दार गरिएको थियो ।

दोलखाको कालिन्चोक ३ स्थायी घर भएका ३७ वर्षका शिवाकोटीलाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।  

डीएसपी बुढाथोकीका अनुसार शिक्षक शिवाकोटी हेलम्बु १ मा रहेको ठाडो खोलाको खोँचमा अड्किएको अवस्थामा फेला परेको र उनको उद्धारको भएको हो । 
शिवाकोटीको स्वास्थ्य अवस्था सामान्य रहेको र केहीबेरमा उनलाई काठमाडौ‌ं लगिने तयारी भइरहेको छ । शनिबार नुहाएर फर्कने क्रममा अचानक शिवाकोटी चिप्लिएर खोलामा डुब्दा बेपत्ता भएका थिए ।

उनी सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका १ सर्कथली आधारभूत विद्यालयका शिक्षक हुन् ।