काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल माथि खनिएका छन्। उनलेले तीनकुने पार्कको विषयलाई लिएर भण्डारी र नेपालमाथि प्रश्न गरेका हुन् ।
काठमाडौंको तीनकुनेमा पार्क निर्माण गर्ने भनी खाली छोडिएको जग्गाको तस्वीर फेसबुकमा राख्दै उनले राष्ट्रपति र एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि प्रश्न गरेका हुन् । बालेनले कुनै बेला तीनकुने क्षेत्र राष्ट्रपति भण्डारी र माधवकुमार नेपालको चुनाव क्षेत्र रहेको भन्दै त्यहाँको समस्या ५० वर्षदेखि समाधान हुन नसकेको बताएका छन् ।
‘आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नुभएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ? अझै दुई महिना छ, सरकार तपाईंकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु,’ बालेनले लेखेका छन् ।