बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै, यस्ता छन् एजेण्डा

शनिबार, असोज १ २०७९

काठमाडौं । नेकपा एमालेले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार छान्न आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

शनिबार १ बजेपछि बस्ने गरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार शनिबार १ बजेपछि बस्ने गरी केन्द्रीय सचिवालय बैठक बोलाएको हो । ‘समसामयिक विषयमा छलफल गर्न शनिबार बैठक बोलाइएको छ’, अधिकारीले भने, ‘शनिबारको बैठकमा तलबाट सिफारिस भएका उम्मेदवारको नाममाथि छलफल हुनेछ’ एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवार सिफारिस आएपछि आवश्यक छानबिन गरी बैठक बोलाएको छ ।

निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटी र जनवर्गीय संगठनहरूबाट आएको नाममा एकसरो छानबिन सकिसकेको छ । छानबिनपछि आवश्यक नाम काटछाँट गरी सचिवालयमा छलफल गर्न बैठक बोलाइएको हो । 

एमाले केन्द्रीय कार्यालयका सचिव अधिकारीका अनुसार भदौ दोस्रो साता बसेको केन्द्रीय कमिटी बैठकले क्षेत्रीय कमिटी, जिल्ला कमिटी हुँदै प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गरेर पठाउन दिएको निर्देशनअनुसार सिफारिस भएर आएका उम्मेदवारका नाममाथि छलफल गर्न केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो ।

असोज २ र ३ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएका कारण सूचीबारे निर्णय गर्न बैठक बस्न लागेको हो ।

एमालेले समानुपातिकबाट यसअघि सांसद भएकालाई नदोहो-याउने मापदण्ड तय गरिसकेको छ । समानुपातिकतर्फ ११० जनाको नाम बन्दसूचीमा समावेश गर्नुपर्ने व्यवस्था छ ।