बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

३४ गाउँपालिकामा ठेकेदार अध्यक्ष

सोमबार, भाद्र २७ २०७९

काठमाडौँ – गत स्थानीय तहमा देशभरका ३४ गाउँपालिकाको अध्यक्षमा ठेकेदार पृष्ठभूमिका व्यक्ति निर्वाचित भएका छन् । जसमा अधिकांश कांग्रेसबाट टिकट पाएका छन् ।

आठराई त्रिवेणी गाउँपालिका, ताप्लेजुङका दीपेन्द्र पोमू, फाल्गुनन्द गाउँपालिका पाँचथरका अध्यक्ष वृजहाङ आङदेम्बे, चिचिला गाउँपालिका, संखुवासभाका अध्यक्ष पासाङ नुर्बु शेर्पा, रोङ गाउँपालिका, इलामका अध्यक्ष मनिकुमार स्याङ्बो, कोसी गाउँपालिका अध्यक्ष ऐसुब अन्सारी, प्रसौनी गाउँपालिका बाराका अध्यक्ष विनोदप्रसाद जैसवाल, पकहाँ मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश प्रसाद, बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ, जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बो, कालिञ्चोक गाउँपालिका, दोलखाका अध्यक्ष अर्जुनप्रसाद सिवाकोटी, बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा, बिगु गाउँपालिका अध्यक्ष सञ्जीव वली, भीमेश्वर गाउँपालिका अध्यक्ष ईश्वरनारायण मानन्धर, गौरीशंकर गाउँपलिका अध्यक्ष विश्वास कार्की, कुमाख गाउँपालिका सल्यानका अध्यक्ष मानबहादुर बुढाथोकी, सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामी, खार्पुनाथ गाउँपालिका हुम्लाका अध्यक्ष कर्णबहादुर रावल, खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकाया, नवदुर्गा गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी र लेकम गाउँपालिका, दार्चुलाका अध्यक्ष रामदत्त जोशी छन् ठेकेदार पृष्ठभूमिका जनप्रतिनिधि हुन् ।

त्यसैगरी, लिखु तामाकोसी गाउँपलिका रामेछापका अध्यक्ष केशव महत, गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का, नेत्रावती डबजोङ गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, महाभारत गाउँपालिका अध्यक्ष, काभ्रेका कान्छालाल जिम्बा, पञ्चकन्या गाउँपालिका नुवाकोटका अध्यक्ष तेजबहादुर तामाङ, म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङ, लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ, तीनपाटन गाउँपालिका, सिन्धुलीका कर्णबहादुर थापा, मरिण गाउँपालिकाका विमर्श मोक्तान, हरिनास गाउँपालिका, स्याङ्जाका खिमनारायण मानन्धर, नौबहिनी गाउँपालिका, प्यूठानका अध्यक्ष दिलबहादुर थापा, गंगादेव गाउँपालिका रोल्पाका अध्यक्ष हरिबहादुर पुन पनि निर्माण व्यवसायी हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।