शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कुरा नमिलेपछि एसपी र डिएसपी फेरिए

शनिबार, भाद्र २५ २०७९

काठमाडौँ – नेपाली कांग्रेसका नेताहरुसँग कुरा नमिलेपछि पूर्वी नवलपरासीका एसपी प्रज्वल महर्जनको ६ महिनामै सरुवा भएको स्रोतले दावी गरको छ । महर्जनको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय वीरेन्द्रनगरमा सरुवा भएको हो ।

पूर्वी नवलपरासी मात्र नभई सरकारले पाँचथरका प्रहरी प्रमुख समेत फेरेको छ । पूर्वी नवलपरासीमा एसपी भुवनेश्वर तिवारीलाई पठाइएको छ भने पाँचथरमा डिएसपी हरि खतिवडाको सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग ईन्टरपोल शाखा नक्सालमा कार्यरत डिएसपी हरि खतिवडाको जिल्ला प्रहरी कार्यालय पाँचथर सरुवा भएको छ भने डिएसपी राकेश थापाको खतिवडाको इन्टरपोल शाखामा सरुवा भएको छ । थापा शान्ति मिसनमा जान लागेकाले उनको सरुवा भएको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय आबुखैरेनी, तनहुँमा इन्स्पेक्टर गायत्रीराज शर्मा, इलाका प्रहरी कार्यालय अमलिया, दाङमा सुरेन्द्र विक्रम बर्तौला, आबु खैरेनीका लोकेन्द्र अधिकारीको बर्तौलाको ठाउँमा सरुवा भएको छ ।

पूर्वी नवलपरासीका एसपीलाई राम्रो काम गर्दा गर्दे हटाइएको छ भने पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेलले योजनाबद्ध रुपमा दुई व्यक्तिलाई लागुऔषध मुद्दामा फसाएको पुष्टि हुँदा पनि कारबाही भएको छैन । भिडीयो हेर्न यहाँ थिच्नुहोस्