शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

डाँकाको समूहले रडले हान्दा असईको टाउकोमा गम्भिर चोट

आइतबार, भाद्र १९ २०७९

काठमाडौँ – गए राति डकैती गर्न आएको समूह र प्रहरीबीच झडप हुँदा बारामा प्रहरीसहित दुई जना घाइते भएका छन् ।

गए राति करिव १२ बजेको समयमा जीतपुरसिमरा २३ मा रहेको एरोटेक प्रालिमा चोरी भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी घटनास्थल पुग्दा प्रहरीमाथि नै डाँका समूहले रड प्रहार भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख होविन्द्र बोगटीले जानकारी दिए ।

रड प्रहारबाट ईलाका प्रहरी कार्यालय, जीतपुरका बरिष्ठ नायव निरीक्षक कलमबहादुर शाहीको टाउकोमा गम्भिर चोट लागेको छ । उनको वीरगञ्ज स्थित नेशनल हेल्थ केयरमा उपचार भईरहेको छ ।