शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

बिहिबार, भाद्र १६ २०७९

काठमाडौं : बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी सिताराम शाहीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार भक्तपुरको सुर्यबिनायक वडा नं ६ घर भएका ६१ बर्षिय शाहीलाई बुधबार काठमाडौंको बिजुलीबजारबाट पक्राउ गरेको जानकारी दिएको छ ।

बैंकिङ कसुर मुद्धामा उच्च अदालत पाटन ललितपुरको २०७९ असार छ गतेको फैसलाले शाही उपर १६ लाख १९ हजार रुपैंयाँ जरिवाना चार दिन कैद तोकिएको थियो । सो पश्चात फरार भएका भक्तपुर नगरपालिका वडा नं ९ घर भई हाल सोही नगरपालिका वडा ६ बस्ने ६१ बर्षिय शाहीलाई पक्राउ गरिएको हो ।

शाहीलाई सोही दिन काठमाढौं जिल्ला अदालतमा उपस्थित गराईएको उक्त कार्यालयले जनाएको छ ।