शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

मंगलबार, भाद्र १४ २०७९

काठमाडौं : प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार पक्राउ सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भई हाल  ललितपुर बस्दै आएका ५६ बर्षिय राजेश सुनुवारलाई सोमबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो ।

सुनुवारले आफ्नो खातामा पर्याप्त रकम नभएको जानी जानी जाहेरवाला दिपक थापालाई पाँच लाख रुपैंयाँको चेक दिएको र उक्त चेक नसाटिएर बाउन्स भएपछि थापाले सुनुवार बिरुद्ध जाहेरी दर्ता गराएको थिए । सोही जाहेरीका आधारमा सुनारलाई पक्राउ गरी थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको उक्त कार्यालयले जनाएको छ ।