शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

किन भेटे प्रधानसेनापति शर्माले प्रधानमन्त्रीलाई ?

शुक्रबार, भाद्र १० २०७९

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । 

कमान्ड सेनापति कोअर्डिनेटिङ कन्फेरेन्सको उद्घाटनका लागि जङ्गी अड्डा पुगेका बेला प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माबीच भेट भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् ।

प्रधानसेनापति शर्मासहित करिब १०० जर्नेलले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए ।

राष्ट्रपति र प्रधानसेनापतिबीचको भेटलाई राष्ट्रपति कार्यालयले सामान्य भनेपनि बढ्दो राजनीतिक घटनाक्रमकाबीच जानकारहरूले उक्त भेटलाई अर्थपूर्ण रूपमा हेरेका छन् ।