बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बैंकिङ कसुरका फरार प्रतिवादी सापकोटा बानेश्वरबाट पक्राउ

बिहिबार, भाद्र ९ २०७९

काठमाडौँ – काठमाडौँको नयाँ बानेश्वर क्षेत्रबाट बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी सन्तोष सापकोटा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले मकवानपुरको साविक आमभञ्याङ गाविस ५ हाल परिवर्तित मकवानपुरगढी गाउँपालिका वडा नं ६ घर भई काठमाडौँको नयाँ बानेश्वर बस्दै आएका २८ सापकोटालाई बुधबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको जानकारी दिएको छ ।  

उक्त कार्यालयका अनुसार बैंकिङ कसुर मुद्धामा उच्च अदालत पाटनबाट २०७९ जेठ २४ गते भएको फैसलामा प्रतिवादी सापकोटा उपर दुई लाख ५९ हजार रुपैंयाँ जरिवाना, पाँच दिन कैद र १० हजार तीन सय ६० रुपैंयाँ जरिवाना तोकिएकामा फरार रहेका सापकोटालाई बुधबार अपरान्ह १२ बजेतिर नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परेका सापकोटालाई बुधबार नैं फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको छ ।