बालयौन दुरूपयोग मुद्दाका फरार प्रतिवादी सूर्यविनायक नगरपालिका–७ किवाचोक बस्ने ५१ वर्षीय हरिकृष्ण कोजुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत भक्तपुरको फैसलाले तीन महिना कैद र ५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले सूर्यविनायक नगरपालिका–७ गुण्डुचोकबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेश गरिएको छ ।