बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

बोनस शेयर पारित गर्न नागरिक लगानी कोषको साधारणसभा बस्दै

सोमबार, भाद्र ६ २०७९

काठमाडौं । नागरिक लगानी कोष (सीआइटी) ले अघिल्लो आर्थिक वर्ष २०७९–८० को वार्षिक साधारणसभा आज हुँदैछ ।

सभामा ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।

सञ्चालक समितिको ११ असारमा बसेको बैठकले बोनस तथा नगद लाभांश साधारण सभामा पेस गर्ने निर्णय गरेको थियो ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि सीआइटीले २५ साउनमा बुुक क्लोज गरिसकेको छ । तसर्थ, २४ साउनसम्म कायम रहेका सेयरधनीहरुले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । कोषले ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो ।