काठमाडौं । नेकपा माओवादी केन्द्र मधेस प्रदेश सचिवालय सदस्य प्रदीप पटेल, राजपुर नगरपालिकामा जसपाबाट मेयर पदका प्रत्याशी मो. जैद राजा, माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य नागेन्द्र शाहलगायत रौतहटका नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
आइतबार एक कार्यक्रमबीच उनीहरूलाई एमाले अध्यक्ष केपी ओली, नेता प्रभु शाहलगायतले पार्टीमा स्वागत गरे ।