बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भारतले गण्डक नहरमा सम्भौताअनुसार पानी नछोड्दा कृषक मारमा

आइतबार, भाद्र ५ २०७९

काठमाडौँ : छिमेकी देश भारतले गण्डक नहरमा सम्भौताअनुसार पर्याप्त पानी नछोड्दा नहरको पानी वितरणमा समस्या भएको छ । भारतले हाल नहरमा ४ सयदेखि ४ सय ५० क्युसेकसम्म मात्र पानी पठाइरहेको छ ।

जसका कारण सिंचाइ हुन नसक्दा धानखेत पटपटी फुदन थालेको र धानबाली सुकेको किसानले दुखेसो पोखेका छन्।

मागअनुरूप सिंचाइका लागि पानी वितरण गर्न नसकिएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर सुबोध कुशवाहाले बताए । गण्डक सम्भौताअनुसार भारतले बर्सेनि धानबालीका लागि असार १५ र गहुँबालीका लागि पुस १० देखि नहरमा ८ सय ५० क्युसेक पानी पठाउनुपर्छ ।

नवलपरासीको भैसालोटनस्थित नेपाल(भारत सीमामा निर्मित व्यारेजबाट भारतले नहरमा पानी छोड्ने गर्छ । नेपाल समाचार दैनिकमा खबर छ ।