बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी लम्साल पक्राउ

बुधबार, भाद्र १ २०७९

काठमाडौं – बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार स्याङजाको बिरुवा घर भई हाल भक्तपुरको गठाघर बस्दै आएका २७ बर्षिय सन्जोग लम्साललाई बैंकिङ कसुरको अभियोगमा मंगलबार नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो । 

बैंकिङ कसुर मुद्धामा उच्च अदालत पाटन ललितपुरको २०७९ असार छ गतेको फैसलाले छ लाख रुपैंयाँ जरिवाना तोकिई फरार रहेका लम्साललाई काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट यही साउन ३१ गते पक्राउ गरिएको उक्त कार्यालयले जानकारी दिएको छ  । पक्राउ परेका लम्साललाई बुधबार जिल्ला अदालत काठमाडौंमा बुझाईएको छ ।