बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माओवादी केन्द्रका दर्जन बढी युवा एमालेमा प्रवेश

बुधबार, भाद्र १ २०७९

काठमाडौं । माओवादी केन्द्रमा आवद्ध महोत्तरीका युवाहरूको ठूलो समूह नेकपा एमालेमा प्रवेश गरेको छ ।

युवा नेता तथा मधेस प्रदेश वाइसीएलका इन्चार्ज शङ्कर महतो, जिल्ला इन्चार्ज मनोज थापासहित युवाहरूको ठूलो समूह मंगलबार नेकपा एमालेमा प्रवेश गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका थिए ।

बर्दिबासका स्थानीय नेता नीरज अधिकारी, रामगोपालपुर र गौशालाबाट समेत झण्डै १ दर्जन युवाहरूलाई अध्यक्ष ओलीले खादा र सिन्दूर लगाएर प्रवेश गराएका थिए ।

माओवादी पार्टीले क्षमता भएका युवाहरूलाई निषेध गरेको हुनाले एमाले रोजेको उनीहरूको भनाइ छ ।