काठमाडौँ – प्रदेश नम्बर १ का डिआइजी सुदीप गिरी सुपारी तस्करी विवादमा मुछिएका छन् । बालुवाटारकै सेटिङअनुसार उनले सुपारीको कारोबारमा संलग्न कसैलाई पक्राउ गर्ने त कसैलाई छाड्ने गरेका छन् ।
गत १२ साउनमा प्रहरीले भन्सार जाँचपास गरी भारत जान लागेका आठ वटा ट्रक नियन्त्रणमा लिएपछि सेटिङ धन्दा बाहिर आएको हो । सुरुमा सेटिङ मिलेकाले जान दिइएकोमा पछि बालुवाटारको ठाडो आदेशमा भन्दै भन्टाबारीबाट भन्सार जाँचपास भएका ट्रक बरामद गरिएको थियो । सो सुपारीमा ठूला व्यापारीको लगानी रहेको स्रोत बताउँछ । बालुवाटारमा डिल नमिलेकाले राजश्व अनुसन्धान विभागले त्यसलाई छाड्न मानेको छैन ।
व्यापारीहरुले सबै तिर सेटिङ मिलाएर ८ वर्षअघिको उत्पतीको प्रमाणपत्र देखाएर सुपारी भारत लैजान लागेका थिए । खासमा इन्डोनेसियाबाट आयात गरी यसरी भारत लैजान लागिएको हो । भारतमा सुपारीको उच्च मात्र रहेको र आयातमा कडाई भएकाले तेस्रो देशबाट नेपा ल्याएर भारत लैजाने गरिन्छ । यसरी लैजादा दोब्बरसम्म नाफा हुने भएकाले झापा र मोरङबाट हरेक वर्ष ठूलो मात्रामा सुपारी तस्करी हुने गरेको छ । जसमा व्यापारीहरु दीपक पोखरेल, गोविन्द सरिया, दिनेश राठी, प्रदीप मुरारका, प्रदीप मित्तल लगायत छन् ।