शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

रेड पाण्डाको छाला सहित पक्राउ   

शनिबार, साउन २८ २०७९

सुनसरी : धरान उपमहानगरपालिका–१५ श्यामचोकबाट १ थान रेड पाण्डाको छाला सहित ठाउँ डेरा गरी बस्ने मोरङ केराबारी गाउँपालिका–६ का २२ वर्षीय रोजिस राई लगायत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

रोजिसको कोठामा रेड पाण्डाको छाला रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त रेडपाण्डाको छाला फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।