काठमाडौं । भारतमा जारी साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा आज नेपालले साविक विजेता भारतसँग प्रतिष्पर्धा गर्दैछ ।
भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने खेलमा नेपालले भारतसँग प्रतिष्पर्धा गर्न लागेको हो ।
भारतबिरुद्ध हुने खेल नेपाली समयानुसार साँझ सवा ७ बजे हुनेछ । पहिलो र दोस्रो खेलमा सुखद् नतिजा निकालेको नेपालले तेस्रो खेलमा पनि सोही जितलाई निरन्तरता दिन चाहन्छ ।
भारतलाई हराएर लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनल प्रवेश गर्ने सोचका साथ मैदान उत्रिनेछ । यसअघि भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो भने श्रीलंकालाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।
नेपालको २ खेलबाट ६ अंक छ । नेपालले समूहको अन्तिम खेल बंगलादेशसँग मंगलवार खेल्नेछ ।
शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिष्पर्धा गर्नेछन् ।