बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सशस्त्र प्रहरीद्वारा काठसहित पक्राउ

बिहिबार, असार ३० २०७९

काठमाडौँ – ईलाम जिल्लाको सुर्योदय नगरपालिका ४ निसाने छब्बिसेस्थित सीमा ईलाकाबाट असार २९ गते सशस्त्र प्रहरीले करीव ६० क्यूफिट धुपी सल्लाको चिरान काठसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दार्जिलिङ्ग सुखियापोखरी घर बताउने ३२ वर्षिय जीवन प्रधान छन् । डब्लु बी ७३ ई ००३२ नम्बरको बलेरो पिकअप गाडीमा राखेर लैजाँदै गरेको अवस्थामा उक्त काठसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी छब्बिसेबाट खटिएको टोलीले पक्राउ गरेको हो । त्यसवेला उक्त गाडी समेत बरामद गरिएको छ ।

पक्राउ परेका प्रधानलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय ईलाममा बुझाईएको छ भने बरामद काठ तथा गाडी सव–डिभिजन वन कार्यालय पशुपतिनगरमा बुझाईएको छ ।