काठमाडौं । नबिल र नेपाल बंगलादेश बैंकले असार २७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
दुई बैंक मिलेर नबिल बैंकको नामबाट एकीकृत कारोबार हुने भएको हो ।
दुई बैंकको जेठ ७ गते सम्पन्न सभाले एक्विजिसन प्रस्ताव पारित गरेको थियो ।
केन्द्रिय बैंकले यी दुई बैंकको एक्विजिसनको लागि असार १५ गते अन्तिम स्वीकृति दिएको थियो ।
नेपाल बंगलादेश बैंकको १०० कित्ता सेयर हुनेले एक्विजिसनपछि बन्ने नबिल बैंकको ४३ कित्ता सेयर पाउनेछन् ।
नबिल बैंकले केही दिन पहिले मात्रै बंगलादेशका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र ढुंगानालाई सीइओ नियुक्त गरिसकेको छ ।