बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

डरधम्की दिई फिरौती रकम माग गर्ने दुई जना पक्राउ

आइतबार, असार १९ २०७९

मोरङ – विराटनगर महानगरपालिका–३ बस्ने एक व्यक्तिलाई डरधम्की दिई फिरौती रकम माग गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–४ कञ्चनबारी बस्ने पथरी शनिश्चरे नगरपालिका–६ घर भएका ३९ वर्षीय गणेश कुमार कार्की र पथरी शनिश्चरे नगरपालिका–६ बस्ने २६ वर्षीय विशाल ऋषिदेव रहेका छन् ।

कार्कीले गत जेठ ३१ गते चिठ्ठी र फोन मार्फत पटक–पटक डरधम्की दिई फिरौती माग गर्ने गरेको र पीडितले शुक्रबार आएमईमार्फत पठाएको २५ हजार रुपैयाँ सहित विशाललाई थरी शनिश्चरे नगरपालिका–६ हसन्दहस्थित आएमइबाट प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।