शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

मञ्जुश्री फाईनान्सको शाखा कार्यालय हेटौडामा

शनिबार, असार १८ २०७९

काठमाडौँ – मञ्जुश्री फाईनान्स लिमिटेडले मकवानपुर जिल्ला, हेटौडा उपमहानगरपालिका वडा नं -०४, स्कूल रोडमाआफ्नो २६ औं शाखा उद्घाटन गरेको छ । फाईनान्सका अध्यक्ष इन्दिरा पण्डित घिमिरेले एक समारोहकाबिच उक्त शाखा कार्यालयको उद्घाटन गरेकी हुन् । 

२०७८ साल जेठ मसान्त सम्म एक अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रियस्तरको फाईनान्सले १० अर्ब ९६ करोड रुपैंयाँ निक्षेप संकलन गरी १० अर्ब ९३ करोड रुपैंयाँ कर्जा परिचालन गरेको छ । 

यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैंकिंग, इन्टरनेट बैंकिंग र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।