काठमाडौँ : सेञ्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पतालबिच कर्मचारी तथा ग्राहकको उपचार सेवाका विषयमा सम्झौता भएको छ । सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थनगर सिटी अस्पतालबिच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेगरी सम्झौता भएको हो ।
बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहक वर्गहरु तथा बैकका कर्मचारीहरुलाई सिद्धार्थनगर सिटी अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।
ओपिडी टिकट, ल्यावशुल्क, एक्सरे, भिडियो एक्सरे, बेड चार्ज जेनेरल, फिजियो थेरापीमा १० प्रतिशत र बेड÷क्याविन चार्जमा पाँच प्रतिशत छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थनगर सिटी अस्पतालकातर्फबाट प्रवन्ध निर्देशक अर्जुन पौडेल र बैंकको तर्फबाट भैरहवा शाखा प्रमुख प्रकाश गौतमले हस्ताक्षर गरेका हुन् ।
सेञ्चुरी कमर्सियल बैंकका १४५ शाखा,१० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।