शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नबिल बैंकमा सीईओको कार्यभार ज्ञानेन्द्र ढुंगानाले सम्हाले

शुक्रबार, असार १७ २०७९

काठमाडौं । ज्ञानेन्द्र ढुंगानाले नबिल बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) को कार्यभार सम्हालेका छन् ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ढुंगानालाई सीईओमा नियुत्त गरेको थियो । 

उनले शुक्रबारबाट आफ्नो जिम्मेवारी सम्हालेका हुन् । अनिल केशरी शाहले सेवानिवृत्त भएपछि बैंकले ढुंगानालाई सीईओमा नियुक्त गरेको हो ।