काठमाडौँ – नेपाली बैंकिङ्ग क्षेत्रमा ज्ञानेन्द्र ढुंगाना एउटा त्यस्तो बैंकर हुन जसलाई आम बैंकिङ्ग उपभोक्ता अथवा भनौं सेवाग्राहीहरुले एउटा निडर अनि लिडर बैंकको रुपमा लिने गरेका छन् ।
वित्तीय व्यवस्थापनमा निकै नै अब्वल मानिएका ढुंगाना नेपाल राष्ट्र बैंकबाट रिटार्यड भएका व्यक्तित्व हुन । वाणिज्य बैंकहरुको छाता संंगठन नेपाल बैंकर एशोसियसनको अध्यक्ष देखि तत्कालीन समयमा कमजोर अवस्थामा रहेको विदेशी साझेदार रहेको नेपाल बङ्गलादेश बैंक समेतको प्रमुख कार्यकारी अधिकृत जिम्वेवारी समेत निकै नै कुशल ढंगले निर्वाह गरिसकेका छन ।
ढुंगानाको यही कार्यकुशलताले गर्दा नेपाल बङ्गलादेश बैंकले आजको दिनमा यो उचाई हाँसिल गरेको हो । सायद एनबी बैंकमा ढुंगाना प्रमुख कार्यकारी अधिकृत नभएका भए एनबी बैंकले आजको यो उचाई, यो बिरासत हाँसिल गर्न त्यति संभव थिएन होला । उनै निडर अनि लिडर बैंकर ढुंगानाको काँधमा सायद उनको बैंकिङ्ग करिएर कैं सबैभन्दा ठुलो जिम्वेवारी थपिएको छ । उनी नेपालको वाणिज्य बैंकहरु मध्येमा सबैभन्दा ठुलो वाणिज्य बैंक नविल बैंक (नेपाल बङ्गलादेश बैंक गाभिए पश्चात) मा प्रमुख कार्यकारी अधिकृत भएर जाँदैछन । यो जिम्वेवारी उनले यही असार १७ गते शुक्रबारबाट सम्हाल्दै छन् ।