शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सेनाको विद्यालयमा पनि सुरक्षित छैनन् छात्रा

बुधबार, असार १ २०७९

काठमाडौँ – नेपाली सेनाको सैनिक आवासीय महाविद्यालयमा नृत्य सिकाउने शिक्षकले छात्राहरुमाथि दुर्व्यवहार गर्ने गरेको तथ्य सार्वजनिक भएको छ ।

भक्तपुरको सल्लाघारीस्थित आवासीय महाविद्यालयमा नृत्य शिक्षक राजेश कमल क्षेत्रीले छात्रामाथि त्यस्तो हर्कत गरेको रहस्य खुलेको हो ।

नृत्य शिक्षक क्षेत्रीले नृत्य सिकाउने बहानामा अधिकांश छात्रालाई यौनजन्य दुर्व्यवहार गर्ने गरेको रहस्योद्घाटन भएको हो ।

छात्राहरुले चर्को विरोध गरेपछि विद्यालय प्रशासनले क्षेत्रीलाई निलम्बन समेत गरेको छ ।

नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले भने क्षेत्रीले घरायसी कारण देखाउँदै राजीनामा दिएको र विद्यालय प्रशासनले राजीनामा स्वीकृत गरेको जनाएको छ ।