काठमाडौं । काठमाडौं सुन्दरीजल मेलम्ची खानेपानी आयोजनामा काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बस्ने २६ वर्षीय सनम तामाङको करेन्ट लागेर मंगलबार मृत्यु भएको हो ।
सुन्दरीजल मेलम्ची खानेपानी आयोजनामा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।