बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

क्षत्रीको पालामा आएको थियो अमेरिकाको डरलाग्दो प्रस्ताव, प्रधानसेनापति शर्माले के गर्लान्?

बुधबार, असार १ २०७९

काठमाडौं। अमेरिकी सैनिकले नेपालमा सबै ठाउँमा छिर्ने प्राधिकार पाउनेसहितको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) प्रस्ताव तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षत्रीसमक्ष आएको थियो।

नेपाली सेनामार्फत उक्त प्रस्तावलाई सम्झौताका रुपमा कार्यान्वयन गरी अमेरिका नेपालको भूभागमा साम्राज्य जमाउन चहान्थ्यो। तर कतिपय कारणले उक्त प्रस्ताव अघि बढ्न नसकेको बताइन्छ, जुन अहिले चर्चामा छ।

क्षेत्रीको पालामा सन् २०१५ मा एसपीपी सम्बन्धी सम्झौतापत्र अमेरिकाले पठाएको थियो। यो मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी भन्दा अगाडि आएको थियो।

अमेरिका नेपाली सेनामार्फत नै उक्त प्रस्ताव कार्यान्वयन गराउन चहान्छ। तर, बीचमा उक्त प्रस्ताव राजनीतिक तहबाट नै हस्ताक्षर हुनुपर्ने सैनिक उच्च अधिकारीको राय थियो।

आगामी १३ असारमा प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमण जानेछन्। सो बेला पनि उक्त प्रस्तावमा हस्ताक्षर गर्ने या नगर्ने भन्ने विषय सशंयका साथ हेरिएको छ।

नेपाली सेनाका उच्च अधिकारीले समान धारणा राख्दै राजनीतिक तहबाट हुने सम्झौतामा सेनाको भूमिका रहन नसक्ने सुझाव दिएका छन्। यसको अर्थ प्रधानसेनापति शर्माको भ्रमणमा हस्ताक्षर हुनेछैन।

तर प्रधानमन्त्री शेरबहादुर देउवाको पनि भ्रमण लगत्तै हुने भएकाले राजनीतिक तहमा एमसीसी जस्तै एसपीपीमा पनि सम्झौता हुन सक्ने आँकलन गरिएको छ। जसको सर्वत्र विरोध छ।