काठमाडौं । मनसुनी प्रभावका कारण आज बिहान प्रदेश १, मधेश र बागमतीका थोरै स्थानमा वर्षा भएको छ ।
दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, बागमती र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
राति प्रदेश १ र बागमतीका का एक वा दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।
हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकीमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।