बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मुद्दा लड्दै संगठन हाँक्दै सिंह

बुधबार, असार १ २०७९

काठमाडौँ – २०४७ सालको राजनीतिक परिवर्तनपछि नेपाल प्रहरीमा चरम राजनीतिक हस्तक्षेप भएका कारण प्रहरी महानिरीक्षक नियुक्तिमा पटक–पटक मुद्दा पर्ने गरेको छ। नेपाल प्रहरी जस्तो अनुशासित संगठनमा नेतृ्त्वका लागि मुद्दा परिरहनु राम्रो कुरा होइन। यसले संगठनभित्र गुटबन्दी खडा गर्छ। नेपाल प्रहरीमा बढ्दो राजनीतिक हस्तक्षेप रोक्न गृह प्रशासनले गम्भीरतापूर्वक सोच्नुपर्छ।

अहिलेका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह विगतमा यस्तै राजनीतिक कुचक्रमा फसेका थिए। सुरुदेखि वरिष्ठता र दक्षता हासिल गर्दै आएका सिंहलाई महानिरीक्षक बन्नबाट रोक्न तत्कालीन एमाले सरकारले विश्व पोखरेललाई ‘चोरबाटो’बाट डिआइजीमा बढुवा गरेको थियो । त्यतिबेला पनि पोखरेलको बढुवालाई लिएर व्यापक विरोध भएको थियो। अहिले डिआइजी बढुवाको त्यही रिपोर्ट लिएर उनी वरिष्ठताको दाबी लिएर सर्वोच्च धाइरहेका छन् ।

नेपाल प्रहरीमा आइजिपी विवादको मुद्दा अदालतमा चलिरहेको छ । एआइजी बढुवाको विषयमा पनि सँगै सुनुवाई हुँदै छ । मुद्दा लड्दै संगठन चलाउनुपर्ने कठिनाइ आइजिपी सिहंलाई छ ।

अझ एआइजी र आइजिपीको सम्बन्ध पनि सुमधुर हुन सकेको छैन । गत साताको एआइजी सरुवा तथा पदस्थापनमा असन्तुष्टि देखिएको छ । सिनियर रहेका एआइजी सहकुल बहादुर थापाले त्यसमा असन्तुष्टि जनाएको स्रोत बताउँछ ।

अन्य सबै एआइजीको जिम्मेवारी हेरफेर भएपनि उनलाई भने कार्यमै राखिएको थियो । थापाले उपत्यका प्रहरी कार्यालय वा एकेडेमी मागेको स्रोत बताउँछ । तर, सिनियर भएर पनि जिम्मेवारी दिदां भने अन्याय गरेको भन्दै असन्तुष्टि जनाई उनी पनि बिदामा बसेका छन् ।

हालै मात्र बढुवा भएकी पूजा सिंहलाई मानव स्रोत विकास विभागको जिम्मेवारी दिइएको छ । उनी चार महिनाअघि मात्र डीआइजी भएकी थिइन् । एसएसपीबाटै अवकाश पाउन लागेकी सिंहलाई प्राविधिकतर्फको दरबन्दी प्रशासनतर्फ ल्याएर बढुवा गरिएको थियो ।

बढुवालगत्तै प्रदेश प्रमुख भएकी उनी एआइजी भएलगत्तै अर्काे महत्वपूर्ण जिम्मेवारी पाएकी छिन् । त्यस्तै सिआइबीमा उत्तमराज सुवेदी र उपत्यकाका रबिन्द्रबहादुर धानुकको जिम्मेवारीलाई उचित भनिएको छ । इमान्दार छवी भएका अरुण बिसीले प्रशासन विभागको जिम्मेवारी पाएका छन् ।

दुई महिनापछि अवकाश पाउन लागेका मुकुन्द आचार्यको प्रहरी एकेडेमीमा पदस्थापन भएको छ। उनको अवकाशपछि त्यहाँ एआइजी थापालाई दिनेगरी फकाइएको स्रोत बताउँछ।

आइजिपी बढुवामा थापा पनि प्रतिस्पर्धी थिए। अन्याय भएको भन्दै उनी बिदामा बसेको गृहमन्त्री बालकृष्ण खाणले बोलाएर चुनावको बेलामा बिदामा नबस्न आग्रह गरेपछि उनी काममा फर्किएका थिए। अहिले गृहमन्त्रीले आफूलाई धोका दिएको गुनासो थापाले निकटस्थलसँग गरेका छन् । दृष्टि साप्ताहिकबाट